कैलालीमा ससुरा भेट्न निस्केकी महिला ८ दिनदेखि बेपत्ता, परिवार चिन्तित

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–८ लठुवा (गुरुङ) टोलकी ३४ वर्षीया इन्दिरा थापा आठ दिनदेखि सम्पर्कविहीन भएकी छन्। ससुरा पहाडबाट आएको खबर पाएपछि उनी फागुन २८ गते बौनिया जाने भन्दै घरबाट निस्केकी थिइन्, तर गन्तव्यमा नपुगेपछि उनको अवस्था अज्ञात बनेको हो।

इन्दिराका श्रीमान जनक थापा रोजगारीका लागि भारतमा रहेका थिए। श्रीमती सम्पर्कमा नरहेपछि उनी घर फर्किएका छन्। दुई छोरा र एक छोरीकी आमा बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय सुखडमा निवेदन दर्ता गरिएको छ। प्रहरीले खोजी कार्य जारी राखे पनि हालसम्म उनको कुनै पत्तो लाग्न सकेको छैन।

परिवारले इन्दिराको खोजीमा सहयोग गरिदिन सर्वसाधारणसँग आग्रह गर्दै ९७४३५०१८९३ र ९८४२२३३६६८ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार