काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग संशोधन निर्णयविरूद्ध दायर भएको रिटमा मंगलबार (फागुन ३)मा पनि सुनुवाइ सकिएन । अब अर्को सुनुवाइ बुधबार सार्वजनिक बिदा परेका कारण चैत ५ गते हुने छ ।
रिटमा सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, अधिवक्ता दिपेन्द्र झा, नारायणदत्त कँडेल लगायतले बहस गरे भने रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता टीकाबहादुर कुँवर, आभाष रेग्मी, आयुष बडाल, अधिवक्ता अनुपम भट्टराई लगायतले जबाफी बहस गरे । अर्को बहसमा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जवाफ दिनेछन् ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालको मुद्दा संशोधन निर्णयविरूद्ध सर्वोच्चमा भिन्नाभिन्नै तीनवटा रिट दर्ता भएका छन् ।




प्रतिक्रिया दिनुहोस्