राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले जनतालाई व्यवहारले मेरो लागि सरकार बनेको हो भन्ने देखाउनुपर्ने बताएका छन् ।
अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको मतले थप जिम्मेवार र गम्भीर बनाएको बताएका छन् । ‘यो मौका त्ययिकै आएको छैन,’ उनले भने,‘ यसलाई हाम्रा माननीय्ज्यूहरूले मनन गर्नुहुनेछ भन्ने लागेको छ ।’
गम्भीर मोडमा बन्न लागेको सरकारको जिम्मेवारी महत्त्वपूर्ण भएको र हरेक दिन नागरिकले नियाल्ने बताएका छन् । आफ्नो लगानशीलता र क्षमता राष्ट्रलाई सुम्पिनुपर्ने अर्यालले बताए ।
‘यो ऐतिहासिक जिम्मेवारी हो । म सबै निर्वाचित माननीयज्यूलाई जिम्मेवार बन्न पुनः आग्रह गर्दछु’, उनले भने ‘हामीले भाषण गरेर होइन । सभापति र विरष्ठ नेतालाइ कुदाएर होइन, आ– आफ्नो ठाउँबाट सबैले जिम्मेवारपूर्वक काम गर्नु पर्नेछ ।’
उनले आफ्नो क्षेत्रमा गरिएका प्रतिबद्धता र पार्टीको बाचापत्र नभुल्न समेत भनेका छन् । जनताले गरेको लगानीको प्रतिफल दिने गरि काम गर्न उनको आग्रह छ ।




प्रतिक्रिया दिनुहोस्