कञ्चनपुरमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर: लागूऔषध खैरो हेरोइन मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ असार १७ गतेको फैसलाअनुसार लागूऔषध खैरो हेरोइन मुद्दामा ३ वर्ष कैद सजाय र ७ हजार रुपैयाँ जरिवाना तोकिएका कैलालीको धनगढी उपमहानगरपालिका–१३ बस्ने २० वर्षीय दीपेन्द्र रानालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई मिति २०८२ फागुन ३० गते आफ्नै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका रानालाई फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार