कैलालीमा तीन घण्टामा २.२८ प्रतिशत मत खस्यो

नगढीः कैलाली जिल्लामा मतदान सुरु भएको तीन घण्टासम्म जम्मा २।२८ प्रतिशत मात्रै मत खसेको छ। प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टका अनुसार जिल्लाका पाँच निर्वाचन क्षेत्रमा कुल १२ हजार ५०८ मत खसेको हो।

जिल्लामा कुल ५ लाख ५१ हजार ५१ मतदाता रहेका छन्। निर्वाचन क्षेत्रअनुसार मतदाताको संख्या फरक–फरक रहेको छ। कैलाली–१ मा १ लाख ८ हजार ४९१ जना, क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ७५७ जना र क्षेत्र नम्बर ३ मा १ लाख ९ हजार १२२ जना मतदाता छन्।

त्यस्तै, क्षेत्र नम्बर ४ मा १ लाख १५ हजार १४३ जना तथा क्षेत्र नम्बर ५ मा १ लाख १० हजार ५३९ जना मतदाता रहेका छन्।
 

AD
AD

विज्ञापन

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार