कर्ण मल्ल सहितका नेता नेपाली काँग्रेसमा फर्किन तयार

डडेल्धुराः  नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्ण बहादुर मल्ल सहितका नेता नेपाली काँग्रेसमा फर्किन तयार भएका छन्। डडेल्धुरा कांग्रेसले अघि सारेको प्रस्ताव स्वीकार भएसँगै कर्ण मल्लसहितका नेताहरू पुनः पार्टीको पुरानो घर फर्किन तयार भएका हुन्।

नेपाली काँग्रेस डडेल्धुरामा देखिएको लामो समयदेखिको आन्तरिक विवाद समाधानतर्फ उन्मुख भएपछि उक्त प्रस्तावलाई केन्द्रीय तहबाट पनि सकारात्मक रूपमा लिइएको जनाइएको छ। मल्ल काँग्रसको डडेल्धुरा जिल्लाको सातौँ अधिवेशनका क्रममा उत्पन्न विवादपछि नेपाली काँग्रे बीपीमा आवद्ध भएका थिए। 


प्रस्ताव स्वीकार भएसँगै पूर्व नेता कर्ण मल्ल र उनका समर्थक नेताहरू कांग्रेसको राजनीतिमा पुनः सक्रिय हुने तयारीमा जुटेका छन्। सोमबार नेपाली काँग्रेस बीपीका सभापति भरत नेपालीले एक विज्ञप्ति जारी गर्दै डडेल्धुरा काँग्रेसको आह्वान अनुसार पार्टी एकताका लागि आवश्यक छलफल र पक्रिया अघि बढाउन तयार रहेको बताएका छन।  


यस घटनाक्रमले डडेल्धुरा कांग्रेसको संगठन सुदृढ हुने र पार्टी एकतामा टेवा पुग्ने अपेक्षा गरिएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार