बुथ कब्जा हुन दिँदैनौं, देश जल्न दिँदैनौं : ओली

झापा।

नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार केपी शर्मा ओली ले एमालेको पहिलो प्राथमिकता देश भएको बताएका छन्।

सोमबार झापामा आयोजित कोशी प्रदेश कमाण्ड घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको स्पष्ट पारे। ‘एमाले भन्छ—अरू सबै कुरा पछि, देश पहिले,’ उनको भनाइ थियो।

उनले नेसनल भोलेण्टियर फोर्स चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताए। ‘राज्य संयन्त्रको भर मात्रै पर्याप्त नहुने रहेछ भन्ने सिकाइबाट देश जोगाउन यो फोर्स गठन गरिएको हो,’ उनले उल्लेख गरे।

आन्दोलनको नाममा विगतमा देशमा अराजकता फैलिएको प्रसंग उल्लेख गर्दै उनले अब यस्तो अवस्था दोहोरिन नदिने दाबी गरे। ‘अब नेसनल युथ फोर्स बनेको छ, कसैले देश जलाउन सक्दैन, प्रहरीका हतियार खोस्न सक्दैन,’ उनले भने।

उनका अनुसार नेसनल भोलेण्टियर फोर्स राष्ट्रको पक्षमा समर्पित संरचना हो, जसले विशेष गरी प्रहरी प्रशासनलाई सहयोग गर्नेछ। प्रहरीमाथि आक्रमण हुन नदिने र शान्ति–सुरक्षा कायम राख्न सहकार्य गर्ने उनको भनाइ थियो।

अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्नेमा जोड दिए। ‘कसैले बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छ, यहाँ नेसनल भोलेण्टियर फोर्स छ,’ उनले भने, ‘यो जनताको शक्ति हो र अनुशासनमा बसेर काम गर्छ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार