११ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताले स्वतन्त्र र निष्पक्ष वातावरणमा मतदान गर्न पाउनुपर्ने माग राखेका छन् ।
भ्mापा–५ मा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘चुनाव निष्पक्ष वातावरणमा मतदाताले स्वतन्त्र ढंगले मत खसाउन पाउनुपर्छ । मतदान केन्द्रमा पुग्न पाउनुपर्छ । स्वतन्त्र ढंगले भोट खसाउन पाउनुपर्छ । यस कुरामा नेकपा एमाले अठिडग रहँदै आएको छ,’ ओलीले भने ।
साथै, उनले कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा गर्ने कल्पना कसैले पनि नगर्न आग्रह गरे ।
‘कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरे हुन्छ । बुथ कब्जा गर्ने कसैले छुट पाउने छैन । कसैले सक्नेवाला पनि छैन,’ ओलीको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस्