धादिङमा भएको बस दुर्घटनाप्रति रास्वपाद्वारा दुख व्यक्त

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ। पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस आज बिहान १ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका भैंसेगौडामा दुर्घटना भएको थियो। उक्त बस त्रिशूली नदी किनारमा खस्दा १८ जनाको मृत्यु भएको छ। 

उक्त घटनामा ज्यान गुमाएका सबैप्रति पार्टीले श्रद्धाञ्जली अर्पण गर्दै मृतात्माको चिरशान्तिको कामना गरेको छ। रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले जारी गर्नु भएको शोक विज्ञप्तिमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार