धनगढी–१७ मा रास्वपा, एमाले र कांग्रेसका ६ जना कार्यकर्ता नेकपामा प्रवेश

कैलाली :- धनगढी उपमहानगरपालिका–१७ मा राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एमाले र नेपाली कांग्रेससँग आबद्ध ६ जना सक्रिय कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

नवप्रवेशी कार्यकर्तालाई आयोजित एक कार्यक्रमबीच पार्टीका स्थानीय नेताहरूले स्वागत गरेका हुन्। प्रवेश गर्नेहरूले देशमा वैकल्पिक र सिद्धान्तनिष्ठ राजनीतिक धार आवश्यक रहेको भन्दै नेकपाको नीति, विचार र संगठनात्मक अनुशासनप्रति आकर्षित भएर पार्टी रोजेको बताएका छन्।

कार्यक्रममा बोल्दै नेकपाका नेताहरूले जनताको हक–अधिकार, सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाए। उनीहरूले धनगढी–१७ मा पार्टीको संगठन विस्तारसँगै आगामी राजनीतिक यात्रामा थप सक्रियता बढ्ने विश्वास व्यक्त गरे।

स्थानीय तहमा दल परिवर्तनको क्रम बढिरहँदा यस घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ। आगामी निर्वाचन लक्षित गतिविधि तीव्र बन्दै जाँदा धनगढी–१७ को राजनीतिक समीकरणमा यस प्रवेशले नयाँ तरंग ल्याउने अनुमान गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार