गृहमन्त्री अर्यालद्वारा ‘रासस मिडिया सङ्ग्रहालय’ अवलोकन

काठमाडौँः गृहमन्त्री ओमप्रकाश अर्यालले ‘रासस मिडिया सङ्ग्रहालय  र समाचार बुलेटिन कक्ष’ को अवलोकन गरेका छन्। भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयको भ्रमणका क्रममा आज उनले सङ्ग्रहालय र समाचार बुलेटिन कक्षको अवलोकन गरेका हुन्।

गृहमन्त्री अर्यालले सङ्ग्रहालयको अवलोकनपछि आगन्तुक पुस्तिकमा ‘यस सङ्ग्रहालयमा रहेका राससका स्थापनाकालदेखिका विभिन्न सामग्री (प्रेस, पत्रपत्रिका, बुलेटिन, टेलिफोन र टाइपराइटर) लगायत सामग्रीका बारेमा गहिरो जानकारी भएको’, उल्लेख गरेका छन्।

गृहमन्त्री अर्याललाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सन्दीप राई र विभागीय प्रमुखहरुले स्वागत गरेका थिए।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार