कैलाली ४ का उमेदवारलाई खुला बहसकाे आह्वान 

धनगढीः कैलाली जिल्लाको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई खुला बहसका लागि आह्वान गरिएको छ। कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ मा सक्रिय बसर युवा क्लबका अध्यक्ष गणेश देउवाले शहीद दिवसको अवसर पारेर यस्तो आह्वान गरेका हुन्।

देउवाले सामाजिक सञ्जालमार्फत क्षेत्रका उम्मेदवार तथा राजनीतिक दलहरूलाई ट्याग गर्दै जनताको प्रत्यक्ष सहभागितामा हुने खुला बहस लोकतन्त्र सुदृढ बनाउने प्रभावकारी माध्यम भएको उल्लेख गरेका छन्। उनका अनुसार विकास, पर्यटन, रोजगारी, शिक्षा, स्वास्थ्य तथा युवासँग सम्बन्धित एजेन्डामा उम्मेदवारहरूले स्पष्ट धारणा सार्वजनिक रूपमा राख्नुपर्छ।

उक्त आह्वान उनले आफ्नो ‘God-desh Deuba’ नामक फेसबुकमार्फत सार्वजनिक गरेका हुन्। उनले प्रस्तावित बहस ऐतिहासिक राणाकालीन गर्भा दरबारमा गर्ने उल्लेख गरेका छन्। सार्वजनिक पोस्टमा जीर्ण अवस्थामा रहेको दरबारको पृष्ठभूमिमा आफू अगाडि नेपालकाे राष्ट्रिय झण्डा समातेको तस्वीर समेत राखिएको छ, जसले स्थानीय स्तरमै बहसलाई ऐतिहासिक र प्रतीकात्मक बनाउने सन्देश दिएको छ।

स्थानीय स्तरमै हुने यस प्रकारको खुला बहसले मतदातालाई उम्मेदवारको दृष्टिकोण बुझ्न र सही निर्णय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार