दाङमा एमालेको झण्डा जलाएको आरोपमा ३ जना पक्राउ

काठमाण्डौ – दाङको तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा ३ जना पक्राउ परेका छन् ।

गएराति तुलसीपुर उपमहानगरपालिका–६ का २४ वर्षीय बिक्रम परियार र तुलसीपुर–४ का ३० वर्षीय रमेश राना मगर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यसअघि हिजो तुलसीपुर–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो ।

तुलसीपुरको वीरेन्द्रचोकका केही व्यक्तिले आफ्नो पार्टीको झण्डा जलाएका एमालेले बताउँदै आएको छ । एमालेका कार्यकर्ताले हिजो बेलुका दाङको तुलसीपुरसहित देशका विभिन्न ठाउँमा विरोध र्याली समेत निकालेका थिए ।

दाङका प्रहरी प्रबक्ता डीएसपी रेशम बोहराले पक्राउ परेकाहरुविरुद्ध के शिर्षकमा मुद्दा चलाउने भन्ने बिषयमा छलफल भइरहेको बताउनुभएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार झन्डा जलाउने कार्यमा संलग्न अन्यको खोजी भैरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार