जनतालाई केन्द्रमा राखेर घोषणापत्र तयार गर्न दलहरूलाई सुझाव

काठमाडौँ- नेपाल प्रथम राष्ट्रिय अभियानले जनताका मुद्दालाई केन्द्रमा राखेर घोषणापत्र बनाउनका लागि राजनीतिक दलहरूलाई सुझाव दिएको जनाएको छ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अभियानले राजनीतिक दलहरूले देश र जनताका लागि राजनीति गर्ने भएकाले जनतालाई केन्द्रमा राखेर कार्यान्वयन हुने गरी घोषणापत्र तयार गर्न सुझाव दिएको जानकारी दिएको हो।

शिक्षा, विकास र अर्थतन्त्र, न्याय, राष्ट्रिय सुरक्षा, उद्योग, विदेश नीति, स्वास्थ्य सेवा र सुशासन र विकासजस्ता विषयलाई प्राथमिकताका साथ समेटेर घोषणापत्र सार्वजनिक गर्न सुझाव दिइएको नेपाल प्रथम राष्ट्रिय अभियानका संयोजक नारायणप्रसाद ढकालले जानकारी दिए।

SHIKHAR COOL TECH

युवाको आवाजलाई नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यका साथ देशैभर निर्वाचन जनता र राष्ट्रका लागि अभियान समेत सुरु गरिएको उनको भनाइ छ। उनले हरेक नागरिकलाई देशमा नै भविष्य बनाउनका लागि सबै राजनीतिक दलहरू गम्भीर हुनुपर्ने धारणा राखे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार