मतदाता हजुरआमाः ज्येष्ठ नागरिकले पनि किन आशा देखिएरहेका छन् बालेनमा?

धेरै ज्येष्ठ नागरिकहरू ओलीसँग भावनात्मक रूपमा जोडिएका भए पनि कतिपयले भने अब ‘बा’ हरूलाई आराम दिएर ‘नाति’ पुस्तालाई देश सुम्पिनुपर्ने धारणा राख्न थालेका छन्

सिएन नेपा

दमक– युवा पुस्तामा मात्र चर्चित रहेको तर ज्येष्ठ नागरिक र राजनीतिप्रति गहिरो चासो राख्नेले बालेन शाहमा रुची देखाएका छैनन् भन्ने दृश्य अहिले झापा–५ मा चिरिन थालिएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालेन उक्त निर्वाचन क्षेत्रमा आगामी फागुन २१ गतेको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका छन्। 

उनी पूर्वी पहाडीजिल्ला र तराईसहित सुदूरपश्चिम, कर्णाली प्रदेशका गरी ३५ जिल्लामा चुनावी अभियान सकेर झापा–५ को घरदैलोमा व्यस्त छन्। 

प्रायः सबै ठाउँमा ज्येष्ठ नागरिकमा पनि बालेनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आगामी सरकार प्रमुख हेर्ने धोको रहेको पाइयो। 
आखिर किन?

झापा–५ की एक जना ज्येष्ठ नागरिकले उक्त विषयको सामूहिक उत्तर दिएको परिदृश्य देखियो।

लगभग ८२ वर्षीया ज्येष्ठ नागरिक हजुरआमा लौरो टेक्दै बालेनको चुनावी घरदैलोमा सहभागी भइन्। 

वर्षौँदेखि एउटै पार्टी र उस्तै अनुहारलाई भोट हाल्दै आएकी उनी यसपटक भने केही फरक मुडमा देखिइन्। उनलाई सोधियो, ‘हजुरआमा, तपाईंले त धेरै नेता देख्नुभयो, अहिले बालेनमा के देख्नुभयो?’

उनको जवाफ सरल तर घतलाग्दो थियो, ‘छोरा, हामीले जीवनभरि आश्वासन मात्रै खायौँ। यो केटोले काठमाडौँमा कुरा कम र काम धेरै ग¥यो रे भन्ने रेडियोमा सुनेकी छु। हाम्रा छोरा–नातिहरू परदेश पलायन भए, कम्तीमा यसले जिते नातिहरूलाई स्वदेशमै फर्काउला कि भन्ने आश छ।’

बालेन यसरी घरदैलोमा सक्रिय रहँदा चुनौती ठानेका ओली पनि चुनावी क्षेत्रमा सक्रिय देखिन्छन्। तर, उनलाई एमालेका पुराना कार्यकर्ताभन्दा अरुले खासै चासो नदेखाएको पाइन्छ। 

तर बालेनमा किन यति धेरै अपेक्षा छ त?

ज्येष्ठ नागरिकहरूले बालेनलाई केवल एक युवाका रूपमा मात्र हेरेका छैनन्। उनीहरूले काठमाडौँमा फुटपाथ व्यवस्थापन, बागमती सफाइ र सुशासनका लागि उनले चालेका साहसी कदमहरूलाई नजिकबाट नियालेका छन्। वृद्ध उमेरका मतदाताहरू धेरै बोलेर काम नगर्ने नेताहरूबाट थाकिसकेका छन्। बालेनको बोल्नेभन्दा गर्ने शैलीले उनीहरूमा आशाको दियो बालेको छ।

धेरै ज्येष्ठ नागरिकका छोराछोरी र नातिनातिनीहरू वैदेशिक रोजगारीका लागि मरुभूमिमा पसिना बगाइरहेका छन्। झापा–५ का धेरै घरहरू अहिले ‘वृद्धाश्रम’ जस्तै बनेका छन्, जहाँ केवल बुढाबुढी मात्र छन्। 

बालेनले बारम्बार उठाउने ‘स्वदेशमै उद्यम र रोजगारी’को मुद्दाले ती हजुरआमा र हजुरबुबाहरूको मन छोएको छ। उनीहरूलाई लाग्छ, नयाँ र पढेलेखेको नेतृत्व आएमा आफ्ना सन्तानहरू आफ्नै अगाडि बस्न पाउनेछन्।

ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्य उपचार सबैभन्दा ठूलो चुनौती हो। बालेनले काठमाडौँमा वडा क्लिनिकहरू सुधार गरेको र विपन्नका लागि निःशुल्क उपचारको व्यवस्था मिलाउन खोजेको कुरा झापासम्म पुगेको छ। 

‘बुढेसकालमा ओखती–मुलो पाइने र भत्ताको व्यवस्था अझै राम्रो होला’ भन्ने विश्वासले पनि उनीहरू बालेनतर्फ आकर्षित भएका छन्।

झापा–५ मा एमाले अध्यक्ष ओली जसलाई कार्यकर्ताहरू ‘बा’ भन्छन्न्। उनीसँग बालेन शाहबीचको प्रतिस्पर्धा रोचक छ। धेरै ज्येष्ठ नागरिकहरू ओलीसँग भावनात्मक रूपमा जोडिएका भए पनि कतिपयले भने अब ‘बा’ हरूलाई आराम दिएर ‘नाति’ पुस्तालाई देश सुम्पिनुपर्ने धारणा राख्न थालेका छन्। यो वैचारिक परिवर्तनले नै झापाको चुनावी नतिजालाई उलटपुलट पार्न सक्ने देखिन्छ।

बालेन सोमबार पनि आफ्ना भावना, धेरै सुन्ने र कम बोल्ने भावमा घरदैलोमा छन्। उनले अहिले सवाल सुन्ने र त्यसको समाधानको विषयमा यहि आउने साता पार्टीको घोषणा पत्र (वाचापत्र)मा समावेश गर्ने सोच बनाइरहेको अड्कल काट्न सकिन्छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार