चितवन पुगे रास्वपा सभापति लामिछाने, घरदैलो कार्यक्रममा सरिक हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन् । आज (बिहीबार) दिउँसो उनी बुद्ध एयरको विमानमार्फत भरतपुर विमानस्थल हुँदै चितवन गएका हुन् ।

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार, उनले चितवनको लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्नेछन् । त्यसपछि भरतपुरको विशालचोकस्थित निवासमा गृहप्रवेशको कार्यक्रम तय छ ।

SHIKHAR COOL TECH

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकेन्द्रित घरदैलो कार्यक्रमका निम्ति लामिछाने चितवन पुगेका उनले जानकारी दिए । लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट उमेदवार छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार