धनगढीमा आइकार भी२३ इलेक्ट्रिक एसयूभी सार्वजनिक, मूल्य ४९ लाख ९९ हजार

धनगढी: धनगढीको नवदुर्गा टेक्नोलोजी प्रालिले आइकार भी२३ लाइफस्टाइल इलेक्ट्रिक एसयूभी औपचारिक रूपमा सार्वजनिक गरेको छ। धनगढीस्थित ओमोडा एण्ड जेइकु शोरुममा आयोजित कार्यक्रममा उक्त गाडी सार्वजनिक गरिएको हो। आइकार भी२३ को मूल्य नेपाली बजारमा ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

विज्ञापन

SHIKHAR COOL TECH
Ad

कार्यक्रममा नवदुर्गा टेक्नोलोजी प्रालिका प्रबन्ध निर्देशक प्रदीप जोशी, एसपीजी अटोमोबाइल्सका प्रतिनिधि, सञ्चारकर्मी, ग्राहक तथा अटोमोबाइल क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो। उक्त सार्वजनिक कार्यक्रमले सुदूरपश्चिम प्रदेशमा उच्च प्रविधियुक्त तथा वातावरणमैत्री इलेक्ट्रिक सवारी साधनको विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

विज्ञापन

cp add

‘बोर्न टु प्ले’ दर्शनमा आधारित आइकार भी२३ एक रेट्रो डिजाइनयुक्त, पूर्ण रूपमा इलेक्ट्रिक अफ–रोड एसयूभी हो। यसमा ५९.९३ किलोवाट–आवर क्षमताको एलएफपी ब्याट्री र एक सय किलोवाटको मोटर जडान गरिएको छ, जसले एक पटकको चार्जमा अधिकतम ४०१ किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्दछ।

बक्सीज डिजाइन, गोलाकार हेडलाइट, २१० एमएम ग्राउण्ड क्लियरेन्स, १५.४ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले तथा लेभल–२ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) जस्ता अत्याधुनिक सुविधाले सुसज्जित यो गाडी शहर र अफ–रोड दुवै प्रयोजनका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ। पछाडिको सिट फोल्ड गर्दा ७४४ लिटर क्षमताको बुट स्पेस उपलब्ध हुने जनाइएको छ।

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक जोशीले धनगढी शैली र टिकाउपनलाई महत्व दिने शहर भएको उल्लेख गर्दै आइकार भीको आगमनले प्रिमियम लाइफस्टाइल सेग्मेन्टमा नयाँ विकल्प थपिएको बताए। उनका अनुसार प्रि–बुकिङ गरिसकेका ग्राहकलाई गाडीको डेलिभरी तत्काल सुरु गरिनेछ।

नवदुर्गा टेक्नोलोजी प्रालिले लामो समयदेखि अटोमोबाइल बिक्री, सेवा तथा स्पेयर पार्ट्सको क्षेत्रमा काम गर्दै आएको छ। हाल कम्पनीले ईभी सेग्मेन्टमा चिनियाँ ब्रान्डका गाडीहरू नेपाली बजारमा भित्र्याउँदै ग्राहकलाई विश्वसनीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार