कैलाली ५: जनताको मन जित्दै डा. चन्द, बज्ला त रास्वपाको घण्टी ?

कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट डा. आनन्द बहादुर चन्द उम्मेदवार छन् ।

शिक्षित मात्र नभई व्यवहारिक र नीतिगत तहमा समेत सक्रिय भूमिका निभाउँदै आएका चन्दलाई मतदाताले सक्षम र भरोसायोग्य विकल्पका रूपमा हेर्न थालेका छन् ।

SHIKHAR COOL TECH

चिकित्सा र सार्वजनिक सरोकारका क्षेत्रमा अनुभव बोकेका डा. चन्दले नीति निर्माणदेखि सेवा प्रवाहसम्मको व्यवहारिक बुझाइ राख्ने व्यक्ति भएको स्थानीय मतदाताको बुझाइ छ । पछिल्लो समय रास्वपाप्रति बढ्दो आकर्षण र “राम्रा मान्छे छान्नुपर्छ” भन्ने सोचको विस्तारसँगै कैलाली–५ मा उनको राजनीतिक सम्भावना झनै बलियो बन्दै गएको देखिन्छ ।

डा. चन्दप्रति युवा, वयस्क तथा वृद्ध सबै उमेर समूहको समर्थन बढ्दो छ । पुरानो राजनीतिक संस्कार भन्दा फरक, नयाँ सोच र इमानदार नेतृत्वको खोजीमा रहेका मतदाताहरू उनको अभियानप्रति आकर्षित भइरहेका छन् ।

स्थानीय तहमा भइरहेको जनसम्पर्क र छलफलले पनि डा. चन्दलाई कैलाली–५ मा प्रतिस्पर्धी मात्र होइन, बलियो दाबेदार का रूपमा उभ्याएको छ । रास्वपाको परिवर्तनमुखी एजेन्डा र डा. चन्दको पेशागत तथा सामाजिक पृष्ठभूमिले यस निर्वाचनलाई थप चासोपूर्ण बनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार