मतदाताले घोषणापत्रका आधारमा उम्मेदवार छनोट गर्नुपर्छ : प्रदीप पौडेल

१८ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमा आवधिक निर्वाचन घोषणापत्र–केन्द्रित प्रतिस्पर्धात्मक प्रणालीमा हुनुपर्ने बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा उनले नेपालमा हालसम्म घोषणापत्रको आधारमा निर्वाचन केन्द्रित हुन नसकेको बताए ।

SHIKHAR COOL TECH

उनले नेपालको राजनीतिक दल र मतदाता दुवैले घोषणापत्रको आधारमा उम्मेद्वार छनोट गर्ने प्रणालीको विकास नै गर्न नसकेको उनको भनाइ छ ।

महामन्त्री पौडेलले व्यक्तिको अनुहार, पद वा हैसियतका आधारमा उम्मेदवार छनोट गर्ने प्रवृत्ति रहेको बताए । उनकाअनुसार उम्मेदवारको छनोट वा मतदान घोषणापत्रका आधारमा हुनुपर्छ ।

उनले नीति केन्द्रित प्रतिनिधि छनोटका लागि मतदाता पनि सचेत हुन आवश्यक रहेको बताए ।

राजनीतिक दलहरूले पनि त्यसैअनुसार आफ्ना कार्यक्रम र प्रतिस्पर्धालाई केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए ।

महामन्त्री पौडेलले राजनीतिक दलहरूबीचको प्रतिष्पर्धा एक–अर्कालाई गाली गरेर नभई ठोस मुद्दा र कार्यक्रम प्रस्तुत गरेर हुनुपर्ने बताए ।

मर्यादित र मुद्दा–आधारित प्रतिस्पर्धात्मक प्रणाली विकास गरेमा मतदाताले कार्यक्रमकै आधारमा मतदान गर्ने उनको विश्वास छ ।

उनकाअनुसार नागरिकले नेतृत्वबाट खोजिरहेको मुख्य कुरा स्पष्ट आर्थिक अवधारणा र दृष्टिकोण हो ।

उनले वर्तमान राजनीतिको मुख्य एजेन्डा आर्थिक क्षमता वृद्धि रहेको पनि बताए।

उनले आर्थिक दृष्टिकोण नयाँ बनाउने प्रयास भइरहे पनि अपेक्षित सफलता हासिल हुन नसकेको स्वीकार गरे ।

पौडेलले भने, ‘वास्तवमा लोकतन्त्रमा यो आवधिक निर्वाचनहरू घोषणापत्र केन्द्रित प्रतिस्पर्धात्मक प्रणाली अगाडि बढाइनुपर्छ । व्यक्तिको अनुहार कस्तो छ ? त्यसको उचाइ कत्रो छ ? त्यो कुन पदमा थियो, छ भन्ने आधारमा उम्मेदवार छनोट गर्ने होइन । उसले ल्याएको घोषणपत्रको आधारमा उम्मेदवार छनोट गर्ने अथवा मतदान गर्ने हो भन्ने मलाई लाग्छ । त्यसैले नीति केन्द्रित प्रतिनिधिको छनोटलाई हामीले विकसित गर्नका निम्ति अब मतदाताहरू त्यतिकै सचेत हुनुपर्छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार