गोपाल हमाल भन्छन्– सबैले पार्टी रोजे, मैले जनता

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीका मेयर गोपाल हमालले अन्यको रोजाइमा पार्टी पर्दा आफूले जनता रोजेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो तर्क सार्वजनिक गरेका हुन् । ‘सबैले पार्टी रोजे, मैले जनता राजेँ,’ उनले फेसबुकमा लेखेका छन् । 

स्वतन्त्रबाट चुनाव लडेर स्थानीय तहमा जित हात पारेका ‘चर्चित’ तीन जना मेयरमध्ये दुई जना राजीनामा दिएर प्रतिनिधिसभा सदस्य उम्मेदवार बनिसकेका छन् । काठमाडौं महानगरका पूर्वमेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता छन् । उनी झापा– ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्व चुनावी मैदानमा छन् ।

SHIKHAR COOL TECH

धरान उपमहानगरका मेयर हर्क साम्पाङ साम्पाङ श्रम संस्कृति पार्टी खोल्दै सुनसरी क्षेत्र नम्बर–१ मा उम्मेदवार बनेका छन् । हमाल भने आफूलाई धनगढीका जनताले पाँच वर्ष मेयर पदका लागि म्यान्डेट दिएको बताउँदै सोही जिम्मेवारी निभाउँदै आएको बताउँदै आएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा धनगढीकै मेयरमा स्वतन्त्र लडेका हमाल २ हजार ७०० मतले कांग्रेसका नृपबहादुर वडसँग पराजित भए । २०७९ सालको स्थानीय तह निर्वाचनमा भने कांग्रेसका उनै वडलाई पराजित गर्दै हमाल मेयरमा विजयी भएका थिए ।

हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याए । निकटतम् प्रतिस्पर्धी वडले १४ हजार ८१७ मत मात्रै पाए । तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार