बैतडीमा ट्रयाक्टर दुर्घटनाबा १ जनाको मृत्यु, ३ जना घाइते

बैतडीः बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्रयाक्टर आज बिहान करिब ९ः ३० बजेको समयमा पाटन नगरपालिका-८ अनारखोलीमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर दार्चुला जिल्लाका अन्दाजी २०-२१ वर्षका करन बुढामगरको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

SHIKHAR COOL TECH

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार ट्रयाक्टरमा चालकसहित चार जना सवार थिए। अनियन्त्रित भएर ट्रयाक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र अन्य विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार