अध्यक्ष ओलीको आग्रहः धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्नुस्

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर नफाल्न आग्रह गरेका छन् ।  झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् ।

बैंकले नोट छाप्दा धितो जमानी बिना नछाप्ने भन्दै भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्न नहुने जिकिर गरे । नचिनेको मान्छेलाई २०६४ सालमा मत दिँदा विकासमा पछि परेको स्मरण गर्न आग्रह गरे। आफूले महोत्तरीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको घरअघि सडक, पुल निर्माण गरिदिएको तर झापामा साहले के गर्नुभएको छ ? भन्दै उनले प्रश्न गरे।

SHIKHAR COOL TECH

साहले काठमाडौंका सुकुम्वासीहरुको उठिवास गराएको देखेर झापाका सुकुम्वासीहरुले आफूलाई झापाबाट पनि भगाउने हुन् की भन्ने डर पैदा भएको गुनासो गरेको उनले बताए। हरेक निर्वाचन क्षेत्रमा पर्यटक उम्मेदवारलाई नभइ स्थानीय उम्मेदवारलाई मतदान गरेर जिताउनुपर्ने ओलीले बताए।

उनले नेकपा एमाले बहुमत ल्याउन, सांसद बन्न, मन्त्री, प्रधानमन्त्री बन्नका लागि मात्रै नभइ देश जोगाउन, शान्ति सुव्यवस्था कायम गर्नका लागि र संविधानलाई लयमा ल्याउनका लागि संघर्ष गरिरहेको पनि बताए ।

अध्यक्ष ओलीले बालेन्द्र साह उम्मेदवार मात्रै हुन गएको र त्यसले केही नबिग्रिने बताए । सामाजिक सञ्जालको तुवाँलोले फिँजाएको भ्रमबाट मुक्त हुन पनि आग्रह गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार