कैलाली ५ः को हुन् रास्वपाबाट उठेका डा. आनन्द चन्द ?

Call24News

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट डा. आनन्द बहादुर चन्दले उम्मेदवारी दिएका छन् । चन्दले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका हुन् ।

देशभर रास्वपाको क्रेज बढिरहेका बेला कैलाली ५ मा चन्दले उम्मेदवारी दिएपछि अहिले चन्दको चर्चा पनि व्यापक छ ।

को हुन् उनी ?
संक्षिप्तमा चन्द शिक्षा, विज्ञान, सुशासन र जनस्वास्थ्यको क्षेत्रमा दशकौँदेखि काम गर्दै आएका अभियन्ता हुन् । उनको जन्म बैतडीमा भएको थियो ।

बैतडीमा जन्मिएर पछि कैलाली झरेका चन्द हाल धनगढी उपमहानगरपालिका ८ मा बस्दै आएका छन् । सुदूरपश्चिमको पीडा, सम्भावना र आवश्यकतालाई नजिकबाट बुझेका चन्दले सुदूरपश्चिमको विकास र रुपान्तरणका लागि राजनीतिमा आएको बताएका छन् ।

चन्दले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्ष भन्दा बढी समय उपप्राध्यापकका रुपमा सेवा गरेका छन् । जैविक रसायनशास्त्रमा स्नातकोत्तर गरेका चन्दले त्रिभुवन विश्वविद्यालय र अमेरिकाको नर्थ क्यारोलिना ए इन्ड टिस्टेट युनिभर्सिटीको सहकार्यमा पीएचडी गरेका छन् ।

अध्ययन तथा अनुसन्धानमा सक्रिय उनका अनुसन्धान अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् । चन्द नेपालको सुर्तिजन्य पदार्थ नियन्त्रण र नसर्ने रोगविरुद्धको अभियानका अग्रणी अभियन्ता हुन् । उनले आयरल्यान्ड, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, बेलायत, मेक्सिको, इन्डोनेसिया लगायत विश्वका ठूला सम्मेलनहरूमा नेपालको प्रतिनिधित्व समेत गरेका छन् ।

बिपी मेमोरियल प्लान्टेरियम अब्जरभेटरी एन्ड साइन्स म्युजियम विकास बोर्डका कार्यकारी निर्देशकसमेत भइसकेको चन्दले नेपाल खाद्य संस्थानको अध्यक्ष भएर समेत काम गरेका छन् ।

चन्दको यही योग्यता र छवीका कारण अहिले कैलाली ५ मा चन्दको चर्चा व्यापक छ । तर, राजनीतिक जरा गाडिएको कैलाली ५ मा चन्दलाई सहजै जित्न गाह्रो छ तर नागरिक सचेत भए र मत परिवर्तनका पक्षमा देखिए उनको जीत पक्का रहेको रास्वपाका नेताहरुले बताएका छन् । अझ पूराना दलप्रतिको वितृष्णा र घण्टीप्रतिको क्रेजले चन्दलाई यसपाली थप सहज हुने पनि देखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार