कञ्चनपुरमा प्रतिनिधि सभा चुनाव: उम्मेदवारी दर्तापछि चुनावी गतिविधि बढे

Call24News

कञ्चनपुर: आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएसँगै चुनावी गतिविधि पनि बढ्न थालेका छन् । मनोनयनपछि मुख्य राजनीतिक दलका उम्मेदवारहरू विकास, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र रोजगारीलाई केन्द्रमा राखेर मतदातामाझ पुग्न थालेका छन् ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले आ–आफ्ना राजनीतिक दृष्टिकोणसहित पूर्वाधार विकास, सुकुम्बासी समस्या समाधान, बेरोजगारी न्यूनीकरण र राष्ट्रिय हितका विषयलाई प्रमुख चुनावी विषय बनाएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट नेपाली कम्युनिष्ट पार्टीकी नेत्री बिना मगर मनोनयन दर्ता गराएकी छन् भने क्षेत्र नं २ मा नेपाली कांग्रेसका नेता एनपी साउद र नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद पन्तबिच प्रतिस्पर्धा हुँदैछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार