जेन-जी आन्दोलनकी ‘साहसी’ किशोरीले ओखलढुंगाबाट दिइन् उम्मेदवारी

Call24News
  • अहिलेको राजनीतिक नेतृत्वले द्वन्द्वपीडित र आमनागरिकको समस्या समाधान गर्न नसकेको भन्दै किशोरी कार्कीले वैकल्पिक राजनीतिमार्फत चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय गरेको बताएकी छन् ।

काठमाडौँ — जेन–जी आन्दोलनका क्रममा घाइतेको उद्धार गरेर चर्चामा आएकी किशोरी कार्कीले आगामी निर्वाचनका लागि ओखलढुंगाबाट उम्मेदवारी दिएकी छन् । उनले उज्यालो नेपाल पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।

गत २३ भदौ २०८२ मा काठमाडौँको बानेश्वरमा भएको आन्दोलनका क्रममा गोली लागेका एक युवालाई अपरिचितको मोटरसाइकलमा राखेर अस्पताल पुर्‍याएपछि कार्की चर्चामा आएकी थिइन् । आन्दोलन हिंस्रक बनेपछि प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवालाई उनले अस्पताल पुर्‍याएकी थिइन् ।

उक्त उद्धारका क्रममा प्रयोग गरिएको मोटरसाइकल पछि प्रहरीको बग्गीखानामा आगजनीमा परेर नष्ट भएको थियो । बैतडीका शैलेन्द्र शाही ठकुरीको उक्त मोटरसाइकल कार्कीकै सक्रियतामा सामाजिक सञ्जालमार्फत रकम संकलन गरी नयाँ खरिद गरेर हस्तान्तरण गरिएको थियो ।

द्वन्द्वपीडितको पहिचान र राजनीतिक अडान ओखलढुंगाकी स्थायी बासिन्दा कार्की आफू स्वयं द्वन्द्वपीडित भएको बताउँछिन् । २०५८ सालमा उनका बुबा हिमालकाजी कार्की र आमा पशुपति बस्नेतलाई तत्कालीन सुरक्षा फौजले अपहरण गरेको थियो । आमा १५ महिनापछि रिहा भए पनि बुबा हालसम्म बेपत्ता रहेको उनले जानकारी दिइन् ।

अहिलेको राजनीतिक नेतृत्वले द्वन्द्वपीडित र आमनागरिकको समस्या समाधान गर्न नसकेको भन्दै उनले वैकल्पिक राजनीतिमार्फत चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय गरेको बताएकी छन् । उनले ओखलढुंगाको विकास र न्यायका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारेकी छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार