कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीबाट रेशमलाल चौधरीको उम्मेदवारी

धनगढी: नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्।

फागुन २१ गते हुने निर्वाचनका लागि उनले आज निर्वाचन अधिकृतको कार्यालय कैलाली–१ पुगेर मनोनयन दर्ता गरेका हुन्।

चौधरी यसअघि सोही क्षेत्रबाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भइसकेका थिए।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनकी श्रीमती रञ्जिता श्रेष्ठले रेशमको नाममा गठन गरेको नागरिक उन्मुक्ति पार्टीबाट चुनाव जितेकी थिइन्। तर पछिल्लो राजनीतिक परिवर्तनका क्रममा रेशमले पार्टी पुनः गठन गरेका छन् भने रञ्जिताले नेपाली कम्युनिष्ट पार्टीसँग पार्टी एकीकरण गरेकी छन्।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार