धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कैलाली-५ मा रोशन शाहीलाई उम्मेदवार बनाएको छ।
धनगढी-१ शिवनगरका शाहीलाई राप्रपाले युवा उम्मेदवारका रुपमा अगाडि सारेको बताएको छ।
राप्रपाको युवा नगर अध्यक्ष रहेका शाहीलाई जेन्जी आन्दोलनको मर्मअनुसार उम्मेदवार बनाएको पार्टीले जनाएको छ। शाहीले आफ्नो मुख्य एजेन्डा हिन्दुअधिराज्य कायम गर्दै राजसंस्थाको पुनर्स्थापना गर्नु रहेको बताएका छन्।




प्रतिक्रिया दिनुहोस्