कांग्रेसले शेरबहादुर देउवालाई टिकट दिएन, देउवाले गरे चुनाव नलड्ने घोषणा

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्।

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले उक्त जानकारी दिएका हुन्।

‘शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु,’ उनले भनेका छन्।

पूर्वसभापति देउवाले डडेल्धुराबाट चुनाव लड्न टिकट मागिरहेका थिए, तर कांग्रेसले दिन मानिरहेको थिएन।

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षक रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न भनेको थियो।

‘निवर्तमान सभापतिज्यूले आज बेलुकीसम्म पनि अन्तिम पटक डडेल्धुराबाट चुनाव लड्न चाहन्छु भन्ने खबर पठाइरहनुभएको थियो। उहाँलाई हामीले अभिभावकीय भूमिकामा रहन भनेका थियौं,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘निवर्तमान सभापति देउवालाई उम्मेदवार बनाउँदा पार्टीभित्र आएको रूपान्तरण र पुस्तान्तरणको सन्देश नै खलबलिन्थ्यो। त्यसैले हामीले उहाँलाई उम्मेदवार बनाएनौं।’

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।

उम्मेदवार हेरेर जित्न सक्ने नेताहरूलाई टिकट दिन संस्थापन पक्ष तयार भए पनि निवर्तमान सभापति देउवालाई भने टिकट दिने पक्षमा पदाधिकारीहरू थिएनन्।

देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव लड्दै र जित्दै आएका थिए। उनी अहिलेसम्म सात पटक निर्वाचित भइसकेका छन्।

गृहमन्त्रीका रूपमा सरकारमा प्रवेश गरेका देउवा पाँच पटक प्रधानमन्त्री भए।

यो पनि पढ्नुहोस्:

कांग्रेसले देउवालाई टिकट दिने सम्भावना न्यून, उनको समूहका जित्न सक्नेलाई उम्मेदवार बनाउने

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार