नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले तय गरेका उम्मेदवारहरूलाई सफल बनाउन लाग्न आह्वान गरेका छन् । उनले आफूले पनि पार्टीका उम्मेदवारलाई जिताउन अग्रणी भएर लाग्ने बताए ।
आफूपक्षीय नेताहरूको भेलामा शेखरले भने, ‘आयोगको निर्णयलाई पार्टीले च्यालेन्ज गरेको छ । अदालतको निर्णय हामीलाई मान्य हुन्छ । पार्टीले तय गरेको उम्मेदवारलाई सफल बनाउन लाग्नुस् । पार्टीका उम्मेदवारलाई जिताउन म पनि अग्रणी भएर लाग्छु ।’




प्रतिक्रिया दिनुहोस्