बत्तिसपुतलीमा शेखर कोइराला पक्षको भेला

Call24News

नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेला काठमाडौंको बत्तिसपुतलीमा बसेको छ।

आज दिउँसो १ बजेका लागि बोलाइएको भेला केहीबेर अघिदेखि जारी छ।

भेलामा नेता शेखर पनि उपस्थित छन्। साथै नेताहरू धनराज गुरूङ, जीवन परियार, गोविन्दराज पोखरेल, रामकृष्ण यादव, दीपक गिरी, डिगबहादुर लिम्बु, दिनेश कोइरालालगायत पनि उपस्थित छन्।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएको छ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष यसको विरोधमा सर्वोच्च अदालतमा रिट लिएर पुगेको छ। तर कोइराला पक्षका नेताहरू भने रिट दिन सर्वोच्च गएका थिएनन्।

पार्टीलाई एकताबद्ध राख्न र चुनावमा भाग लिन कोइराला पक्षका नेताहरूले नेता शेखरलाई पनि आग्रह गरिरहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार