काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएको छ ।
शनिबार पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले निर्वाचन आयोगको निर्णय सही नभएको ठहर गर्दै न्यायका लागि सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।
बैठकपछि नेता प्रकाशशरण महतले आयोगको निर्णयप्रति असहमति जनाउँदै कानुनी बाटो रोज्ने जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्