कुलमानले भने- नेकपासँग उज्यालो नेपालको एकता हुँदैन

काठमाडौं । उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकताको हल्ला निराधार भएको बताएका छन् । उज्यालो नेपालले कुनै पनि पार्टीसँग एकीकरण नगरी अघि बढ्ने उनको प्रष्टीकरण छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै घिसिङले यस्तो प्रष्टीकरण दिएका हुन् ।

उनले लेखेका छन्, ‘विभिन्न सामाजिक सञ्जालमा म अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र मेरो नाम जोडेर अन्य पार्टीहरू, विशेषगरी नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो।’

उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको उनले बताएका छन् । भविष्यमा पनि त्यसैगरी अघि बढ्ने उनको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार