- काठमाडौं । काठमाडौँको शंकरापुर नगरपालिका-३ स्थित जहरसिंहपौवा-साँखु सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ।
- काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने अन्दाजी ५५/६० वर्षीय अर्जुन लामिछानेको पनि उपचारको क्रममा गए राति साढे १२ बजे मृत्यु भएपछि मृतकको संख्या ५ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
- यसअघि बाँकेको कोहलपुर नगरपालिका-५ घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङको पाथीभरा–५ घर भई बुढानीलकण्ठ नगरपालिका ७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको मृत्यु भएको थियो ।
- ३३ जना घाइतेको उपचार जारी छ । नेचर हब भन्ने संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्कँदा बस दुर्घटनामा परेको थियो ।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला ।
Facebook र
Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक उमेदवार सूची सच्याउन माग[...]
भदौ आन्दोलन अगाडि उप-निर्वाचनमा होमिने तयारीमा रहेका ओमप्रकाश अर्याल बदलिएको[...]
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विभाजन नहुने दोहोर्याएका छन् ।[...]
शिक्षामन्त्री महावीर पुनले देशको बिग्रँदो अर्थतन्त्रलाई मुख्य प्राथमिकतामा राख्दै आफ्ना[...]
नेपाली कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्यको भेलाले पार्टी इतिहासकै जटिल[...]
जेनजी आन्दोलनका बेला सार्वजनिक संस्थानमा मात्रै ९५ करोड बराबरको क्षति[...]
प्रतिक्रिया दिनुहोस्