- काठमाडौं । काठमाडौँको शंकरापुर नगरपालिका-३ स्थित जहरसिंहपौवा-साँखु सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ।
- काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने अन्दाजी ५५/६० वर्षीय अर्जुन लामिछानेको पनि उपचारको क्रममा गए राति साढे १२ बजे मृत्यु भएपछि मृतकको संख्या ५ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
- यसअघि बाँकेको कोहलपुर नगरपालिका-५ घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङको पाथीभरा–५ घर भई बुढानीलकण्ठ नगरपालिका ७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको मृत्यु भएको थियो ।
- ३३ जना घाइतेको उपचार जारी छ । नेचर हब भन्ने संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्कँदा बस दुर्घटनामा परेको थियो ।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला ।
Facebook र
Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
धनगढी : धनगढीमा हाइसको ठक्करबाट एक युवकको मृत्यु भएको छ[...]
धनगढी : कञ्चनपुरमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी बाबुको[...]
कैलाली : कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको[...]
बैतडी । मकवानपुरमा भएको स्कारपियो दुर्घटनामा बैतडीकी एक महिलाको मृत्यु[...]
२१ साउन, काठमाडौं । ललितुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक[...]
धनगढी– बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा करिब तीन महिनाअघि भएको बस[...]
प्रतिक्रिया दिनुहोस्