कैलाली–२ मा एमाले उम्मेदवार सिफारिस प्रति असन्तुष्टि, सूर्य बहादुर थापाको नाम छुटेपछि आपत्ति

कैलाली: नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गर्ने क्रममा लोकप्रिय नेता सूर्य बहादुर थापाको नाम समावेश नगरेपछि असन्तुष्टि देखिएको छ।

पार्टीले झपट रावल, कमला कुमारी ओली र महादेव बजगाईंको नाम सिफारिस गरेको जनाएको छ। तर लामो समयदेखि क्षेत्रीय राजनीतिमा सक्रिय, कार्यकर्ता र जनतामाझ लोकप्रिय मानिएका सूर्य बहादुर थापाको आकांक्षा हुँदाहुँदै पनि नाम छुटाइएकोप्रति उहाँका समर्थक तथा शुभेच्छुकहरूले आपत्ति जनाएका छन्।

सूर्य थापा सँग निकट स्रोतका अनुसार उहाँले उम्मेदवारीको दाबी प्रस्तुत गर्नुभएको थियो। “उहाँको स्पष्ट दाबी हुँदाहुँदै पनि नाम सिफारिस नगरिनुमा हामी सहमत छैनौँ,” स्रोतले भन्यो। क्षेत्रमा विकासप्रेमी नेता तथा जनताका सुख–दुःखका साथीका रूपमा परिचित थापाको नाम सिफारिस सूचीमा नपरेपछि समर्थकहरूले सामाजिक सञ्जालमार्फत पार्टी निर्णयप्रति चर्को प्रतिक्रिया जनाइरहेका छन्।

यस विषयमा जानकारी लिन क्षेत्रीय समन्वय कमिटी संयोजक धनञ्जय न्यौपानेलाई सम्पर्क गर्दा “यो कमिटीको निर्णय हो, बाँकी कुरा सचिवसँग बुझ्नुहोस्,” भन्दै फोन काटे। सचिवले भने कमिटीको निर्णय अनुसार भएको हो ४८ जना हामी कमिटीमा थियौ बहुमत सदस्य हरु बाट यी नाम हरु आए अनि ३ जनाको सिफारिस गरेका हौं। 

“समर्थकहरूले सामाजिक सञ्जालमा भनेका छ्न  पार्टीको निर्णयलाई अपारदर्शी र एकलौटी भन्दै कडा आलोचना गरिएको छ। विज्ञप्तिमा पार्टीको आन्तरिक लोकतन्त्र कमजोर पारिएको, योगदान र जनभावनाको कदर नगरिएको तथा गुटबन्दीका आधारमा सिफारिस गरिएको आरोप लगाइएको छ।

समर्थकहरूले राखेका मुख्य मागहरू यस प्रकार छन्
जनभावनाको कदर गर्दै सूर्य बहादुर थापालाई उम्मेदवार बनाइयोस्।
पार्टी विधान विपरीत गरिएको एकलौटी सिफारिस प्रक्रिया खारेज गरियोस्।
कार्यकर्ता र जनताको भावनासँग खेल्ने प्रवृत्ति बन्द गरियोस्।
समर्थकहरूले पार्टी नेतृत्वलाई समयमै निर्णय सच्याउन आग्रह गर्दै अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित कमिटीले लिनुपर्ने चेतावनीसमेत दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार