अर्घाखाँचीको शितगंगामा भेटियो हातहतियार र बिष्फोटक पदार्थ फेला

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा बेवारिसे अवस्थामा विभिन्न प्रकारका हात हतियार तथा विस्फोटक पदार्थहरु फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले बिहान अन्दाजी १० बजे शितगंगा नगरपालिका वडामा नम्बर ११ बोक्सेमा विभिन्न किसिमका हतियार तथा बिष्फोटक पदार्थहरु फेला पारेको हो ।

ग्रामीण गस्ति गर्ने क्रममा बोक्सेमा पुरानो कोही नबस्ने गोठ (थारो) मा भरुवा बन्दुक २ थान, ग्रिनेट १४ थान, डेटोनेटर थान १२, पलास्टिकको पाईप लम्वाई २५ ईन्च लामो लन्चर जस्तो देखिने पदार्थ थान ३, ५ लिटरको प्रेषर कुकर बम थान १, स्टिलको डलु बम थान १, बिजुलीको तार ४ बण्डल र बारुद अन्दाजी ५०० ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिवस जिसीले बताए ।

भरुवा बन्दुक थान २ बाहेक अन्य विस्फोटक पदार्थहरू नेपाली सेनाको सहयोगमा डिष्पोज गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार