बलिदानको क्रेजः राती ११ बजे शो थप्दा पनि हाउस फूल, झनै बढ्दै दर्शकको चाप

धनगढी । फिल्म रिलिज भएको नवौँ दिन पनि बलिदानको क्रेज उस्तै छ । फूलपातिदेखि देशव्यापी रुपमा प्रदर्शनमा आएको बलिदानको क्रेज झनझन् बढ्दै गएको पाइएको छ ।

विभिन्न जिल्लामा अहिले पनि बलिदान फिल्मका शोहरु हाउस फूल हुने गरेका छन् ।

Galaxy

यतिसम्म की टिकट नपाएपछि कतिपय ठाउँमा त दर्शकहरुले हंगामा नै गर्न थालेका छन् । मंगलबार दाङको भिएफएक्स सिनेमा हलमा बलिदान फिल्म हेर्न भन्दै गएका दर्शकहरु हाउस फूल भएर टिकट नै नपाएपछि आक्रोशित बनेका थिए ।

मंगलबार उक्त हलमा राती ८ः४५ को शो थियो । तर हाउस फूल भएपछि सयौँ दर्शक त्यसै फर्किनुपर्ने अवस्था बनेपछि दर्शकले हलमै हंगामा गरेका थिए । दर्शकको बढ्दो क्रेजलाई ध्यानमा राख्दै फिल्म हलले राती ११ः५५ मा एउटा शो थप गरेको थियो । तर ११ः५५ मा थप गरिएको शो मा हाउस फूल भएको छ भने अझै दर्जनौँ दर्शक टिकट नपाएर फर्किन बाध्य भएका छन् ।

दाङमा मात्र होइन, बलिदानको क्रेज अहिले देशभर उस्तै छ । सबैतिर फिल्म हेर्न टिकट नै नपाएपछि दर्शकहरुले फिल्मका शोहरु बढाउनुपर्ने माग गर्दै आएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार