काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकमा अर्ली महाधिवेशन या विस्तारित बैठकमा जाने विषयमा चर्चाले प्रवेश पाएको छ। तर, नख्खु कारागार प्रकरण र सहकारी काण्डमा मुछिएका सभापति रवि लामिछानेको विकल्प नखोजिने हुँदा त्यस्ता कुनै पनि कार्यक्रम अर्थहिन हुने आवाज पनि उठेको बताइन्छ।
सभापति लामिछानेको विकल्प खोजिनु राजनीतिक घटनाक्रम, नेतृत्व शैली, संगठनात्मक संरचना र विश्वासको संकटसँग जोडिएको विषय हो। रास्वपाले छोटो समयमा ठूलो जनसमर्थन पाए पनि नेतृत्वको अभ्यासमा आएका चुनौतीहरूले अहिले विकल्पको बहसलाई अघि सारेको देखिन्छ।
यद्यपि विभिन्न प्रदेश सभापति र प्रवक्ता मनिष झाले नै सभापतिको विकल्पमा जाने विषयले निधो पाउन नसकेको बताएका थिए। जेनजी पुस्ताको आन्दोलनको फाइदा उठाउने क्रममा रास्वपाको बैठक रक्षात्मक भन्दा अरु केही पनि हुन नसकेको देखिन्छ।
रवि लामिछाने पार्टीको संस्थापक, सभापति र प्रमुख निर्णयकर्ता बनेका छन्। उनका निर्णयहरूलाई धेरैजसो चुनौती दिन सक्ने वातावरण पार्टीभित्र छैन भन्ने आरोप लाग्छ।
यसले पार्टीभित्र सहकार्य र आन्तरिक लोकतन्त्र कमजोर भएको भान हुन्छ। परिणामस्वरूप, केही नेताहरूले वैकल्पिक नेतृत्व आवश्यक छ भन्ने तर्क अघि सारेका छन्।
विवाद र विश्वसनीयता संकट हो। लामिछानेको नागरिकता विवाद, पत्रकारिता पृष्ठभूमिबाट आएको आलोचना र केही निर्णयमा देखिएको दोधारले उनको छवि केही हदसम्म खस्काएको छ। रास्वपाले परिवर्तनको राजनीति गर्ने भन्दै जनतामाझ पुगेको भए पनि नेतृत्वकै कारण त्यसमा छायाँ परेको छ। यसले नयाँ नेतृत्व वा कम्तीमा विकल्पबारे सोच्नुपर्ने अवस्था सिर्जना गरेको हो।
केन्द्रीय समितिमा अहिलेको पुस्ताको आन्दोलनको बाछिटाको राम्रो प्रभाव परे पनि लामिछानेको विकल्प खोज्ने र पार्टी नेतृत्वबाट अलग रहनुपर्ने भन्ने विषयमा सामान्य चर्चा भयो। तर, त्यो नै निर्णय नभएको बताइसकिएको छ।
संगठनात्मक कमजोरी पनि विकल्प खोजिने आधार हो। पार्टीले देशभर शाखा विस्तार गरे पनि संगठनात्मक संरचना अझै बलियो छैन। उम्मेदवार छनोटदेखि नीति निर्माणसम्म ठोस संरचना नभएकाले पार्टीभित्र असन्तोष बढेको छ। नेताहरूलाई लाग्छ कि सभापति मात्रमा सबै निर्णय सीमित हुँदा पार्टी स्थायित्वमा चुनौती आउनेछ।
राजनीतिक व्यवहार र गठबन्धन रणनीति हो। लामिछाने कहिले एमालेसँग नजिक देखिन्छन्, कहिले कांग्रेससँग। यो उतारचढावले समर्थकलाई अलमल्याएको छ। पार्टीभित्र कतिपयलाई लाग्छ, यदि यस्तो रणनीतिक दोधार रहिरह्यो भने रास्वपा दीर्घकालीन प्रभाव जमाउन सक्दैन। त्यसैले, पार्टीलाई स्पष्ट दिशामा डोर्याउन सक्षम वैकल्पिक नेतृत्व खोज्नुपर्ने बहस आएको हो।
यो बहसको प्रस्थानविन्दुचाहिँ तत्कालिन महामन्त्री डा. मुकुल ढकाललाई कारबाही तथा नेत्री रहेकी सुमना श्रेष्ठ पार्टीबाट अलग रहनु पनि बन्यो। तथापि लामिछानेको विकल्पको विषयमा केन्द्रीय समिति निर्णित हुने अवस्थामा छैन।
नयाँ पुस्ताको अपेक्षा पनि महत्त्वपूर्ण छ। रास्वपामा युवा, पेशाकर्मी र विदेशबाट फर्केका व्यक्तिहरू सक्रिय छन्। उनीहरूले लोकतान्त्रिक अभ्यास, साझा निर्णय र पारदर्शी नेतृत्व चाहेका छन्। तर वर्तमान नेतृत्व अझै ‘व्यक्तिनिर्भर’ भएको महसुस गर्दा विकल्पबारे सोच्न थालेका हुन्।
यसरी, राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछानेको विकल्प खोजिनु केवल व्यक्तिगत असन्तोषको कारण मात्र होइन, संगठनलाई दीर्घकालीन र व्यवस्थित बनाउनुपर्ने आवश्यकताको पनि खोजीनीति भएको बताइन्छ।
प्रतिक्रिया दिनुहोस्