रविविरुद्धका दुई मुद्दामा सुनुवाइ अघि बढाउन उच्च अदालतको आदेश

पोखरा । उच्च अदालत पोखरा ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका प्रतिवादीमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्तासम्बन्धी निवेदनमा सुनुवाइ अघि बढाउन आदेश दिएको छ ।

यसअघि जिल्ला अदालत कास्की ले सर्वोच्च अदालतमा रिट विचाराधीन रहेको भन्दै मुद्दा फिर्तासम्बन्धी निवेदनमा निर्णय रोकेको थियो । तर उच्च अदालतले उक्त आदेश बेरितको भएको ठहर गर्दै बदर गरिदिएको हो ।

उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मेरिना श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालतले लामो समयसम्म प्रक्रिया रोक्न नमिल्ने भन्दै निवेदनमाथि कानुनअनुसार सुनुवाइ गर्नुपर्ने आदेश दिएको हो ।

अब जिल्ला अदालत कास्कीले सरकारी वकिल, निवेदक र सरोकारवालाको उपस्थितिमा सुनुवाइ गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने वा नलिने विषयमा निर्णय गर्नेछ ।

यद्यपि सहकारी ठगीसम्बन्धी मुख्य मुद्दा भने अझै यथावत् रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार