आज प्रचण्ड र बाबुराम भट्टराईविरुद्धको युद्ध अपराधसम्बन्धी मुद्दामा सर्वोच्चले निर्णय सुनाउन सक्ने

काठमाडौं। सर्वोच्च अदालतले आज मंगलबार पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको युद्ध अपराधसम्बन्धी मुद्दाको निर्णय सुनाउने सम्भावना रहेको छ । सर्वोच्च निकट स्रोतले तत्कालीन प्रधानमन्त्रीद्वय प्रचण्ड र बाबुराम विरुद्ध दायर युद्ध अपराधसम्बन्धी रिट निवेदन सर्वोच्च अदालतले निर्णय सुनाउने जानकारी दिएको हो ।

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू सुनिलकुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ भएको थियो। तत्कालीन माओवादीका पूर्वबालसेना लेनिन विष्टसहित ९ जनाले २०८० जेठ २८ गते दुई पूर्वप्रधानमन्त्रीलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

२०८२ माघ २२ गतेदेखि निरन्तर सुनुवाई भइआएको थियो। त्यसपछि फागुन २८ गते निसु आदेश भएकोमा चैत ३१ गते तोकिएको निसु मिति सरेर जेठ ५ गते पुगेको हो । यसअघि २०८१ फागुन २५ गते न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। रिट निवेदनमा १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बालबालिकालाई बाल सेनाका रूपमा भर्ती गरिएको र पछि अयोग्य लडाकूको बिल्ला लगाएर शिविरबाट निकालिएको उल्लेख थियो ।

निवेदकहरूले उक्त कार्य अन्तर्राष्ट्रिय मानवीय कानूनविपरीत भएको दाबी गरेका छन् । यो निर्णयले यी दुबै पूर्व प्रधानमन्त्रीलाई जेल पठाउन सक्ने आशंका पनि गरिएको छ। सरकारले अहिले विभिन्न बहानामा पूर्वप्रधानमन्त्रीहरूमाथि कारबाही गर्न खोजिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार