कैलालीको पथरैया र काँढा नदीमा दुई पटक सर्भे, तर पुल बनेन

धनगढीः कैलालीको पथरैया र काँढा नदीमा त्रिकोणात्मक पुल निर्माणको लागि सर्भेको काम भए पनि पुल निर्माणको कार्य अगाडि बढ्न सकेको छैन। 

टीकापुर नगरपालिका–७ को बैदी र भजनी नगरपालिका–३ को दैलेखी टोल र वडा नम्बर-८ काँढाढिक जोड्ने स्थानमा त्रिकोणात्मक (तीनमुखे) झोलुङ्गे पुल निर्माणका लागि गत वर्ष सर्भे गरिएको थियो। दोस्रो पटक सर्भे भएपछि पुल निर्माणको आशा बढे पनि अहिलेसम्म काम अगाडि नबढाइएको स्थानीय भोजराज ढुङ्गानाले बताए। 

Galaxy

यसअघि, सोही स्थानमा झोलुङ्गे पुल निर्माणको लागि २०७९ मा पनि सर्भे गरिएको थियो। तर त्यहाँ दुई वटा नदीको सङ्गम स्थान रहेका कारण त्रिकोणात्मक पुल आवश्यक रहेको भन्दै गतवर्ष पुनः सर्भे भएको ढुङ्गानाको भनाइ छ। ‘प्रदेश सरकारमार्फत त्रिकोणात्मक पुल बन्ने भनेर सर्भे गरिएको हो’, उनले भने, ‘सर्भेमा आएका इन्जिनियरहरुले चाँडै पुल बन्छ भन्नुभएको थियो। तर अहिलेसम्म केही सुरसार छैन। दुई पटक सर्भेमात्रै गरियो, पुल बनेन।’

बाढी, डुबान प्रभावित त्यस क्षेत्रमा पुल नहुँदा बर्खायाममा स्थानीयले सास्ती भोग्दै आएका छन्। उनीहरुले डुङ्गाको भरमा ओहोरदोहोर गर्नु पर्ने बाध्यता रहेको छ। यस स्थानमा त्रिकोणात्मक पुल बनेमा पर्या पर्यटन विकासमा पनि ठुलो सहयोग पुग्ने स्थानीयको विश्वास छ। काँढा र पथरैया नदीको सो स्थानमा विश्वमै दुर्लभ जलप्राणी डल्फिन देखिने गर्दछन्। पुल बनेमा पर्यटकलाई डल्फिन अवलोकन गर्न सहज हुने जनाइएको छ। 

पूर्वाधार विकास कार्यालय कैलालीका पुल शाखाका इन्जिनियर डम्मर साहुले त्यस ठाउँमा प्रदेश सरकारबाट पुलको योजना नरहेको बताए। ‘एकचोटी कुरोसम्म उठेको हो। तर, त्यो त्यत्तिमैमात्रै सीमित भयो’, उनले भने, ‘त्यस ठाउँमा पुल निर्माणका लागि हाम्रो कार्यालयबाट सर्भे भएको छैन। सडकले सर्भे गरेको हो कि?’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार