काठमाडौँ : दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयबारे सरकार र सरोकारवाला पक्षबिच छलफल सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केही बेरअघि छलफल सुरु भएको हो ।
मन्त्रालयका सचिव केशव शर्माको पहलमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ तथा यातायात मजदुरका प्रतिनिधिसहित सहभागी छन् ।
छलफलका क्रममा आन्दोलनपछि सिर्जित परिस्थितिमा यातायातको सहज सञ्चालन, अग्रिम टिकट बुकिङ लगायतका विषयमा छलफल हुने महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
यसअघि यातायात व्यवसायीले भाडादर समायोजनको विषय पनि उठाउँदै आएका थिए । तर, आजको छलफलमा भाडादर समायोजनको विषय आफूहरूको एजेन्डामा नरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्