कैलालीमा आजपनि कफ्र्यू जारी, गौरीफन्टा नाका बन्द 

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलवारदेखि आदेश गरेको कफ्र्यू आजपनि जारी रहेको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम २४ गते (मंगलवार)को सूचना अनुसार अर्को सूचना नआएसम्मका लागि जिल्ला भरी कफ्र्यू आदेश जारी रहेको छ। अधिकारी जोशीले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कफ्र्यू आदेश जारी गरिएको र यसबारे छलफलका लागि प्रमुख जिल्ला अधिकारी सँग समन्वय भइरहेको बताएका छन्।

यसैबिच कैलालीको धनगढीसँग सीमाना जोडिएको गौरीफन्टा सीमा नाकामा पनि आवतजावत बन्द रहेको सूचना अधिकारी जोशीले जानकारी दिए। नेपालमा सोमवार र मङ्गलवार भएको जेन–जी समूहको आन्दोलनका कारण सरकार विहीन रहेको अवस्थामा भारतीय सुरक्षाकर्मीहरूले नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाएका हुन्

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार