वार्ता गर्ने समिति बनाउन जेनजी समूह भर्चुअल बैठकमा

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनासँग वार्ताका लागि जेनजी समूहले वार्ता समिति बनाउन छलफल गरिरहेको छ ।

जेनजी समूहका एक सदस्यका अनुसार तीन हजारभन्दा बढीको सहभागिता रहेको भर्चुअल बैठकमा वार्ता टोली गठन गर्ने विषयमा छलफल भइरहेको हो । 

Galaxy

राष्ट्रपति पौडेल र नेपाली सेनाले मंगलबार साँझ छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै वार्ताका लागि आह्वान गरेका थिए । 

जेनजीहरूको बैठकले वार्तामा आफूहरूले राख्ने एजेन्डाबारे पनि कुराकानी गरिरहेका जेनजी समूहका ती सदस्यले बताए । भर्चुअल बैठकमा वार्तामा कसरी प्रस्तुत हुने, शासकीय स्वरूप कस्तो बनाउने एजेन्डा वार्तामा लैजाने, शासन अवधि कति वर्षीय हुने लगायत विषयमा छलफल भइरहेको स्रोतले बतायो । 


बैठकले वार्ता टोलीको नेतृत्व कसले गर्ने र कति जना जाने भन्ने विषय टुङ्ग्याउने बताइएको छ । त्यसपछि औपचारिक वार्ता हुने बताइएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार