भारतीय सुरक्षाकर्मीद्धारा कैलालीका युवक माथी गोली प्रहार

धनगढी : भारतमा एक नेपाली नागरिकलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले गोली प्रहार गरेका छन्। भारतीय सुरक्षाकर्मीको गोली खुट्टामा लागेर ती नेपाली युवक घाइते भएका छन् । उनलाई भारतीय सुरक्षाकर्मीले उपचारका लागि अस्पतालमा भर्ना गराएका छन्।

गोली लाग्ने नेपाली युवक कैलाली जिल्ला निवासी ३५ वर्षीय जगत बहादुर रहेको जनाइएको छ। उनीमाथि भारतको गुरुग्राम क्राइम ब्रान्चको टोलीले गोली प्रहार गरेको हो ।

SHIKHAR COOL TECH

सेक्टर–४३ क्राइम ब्रान्चलाई एक नेपाली नागरिक वजीरावादस्थित ताउ देवीलाल पार्कमा कुनै ठुलो आपराधिक गतिविधि गर्न लागेको भन्ने सूचना आएको आधारमा उक्त स्थानमा पुगेको टोलीले जगत बहादुरलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरेको जनाइएको छ।

सुरक्षा निकायलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार सो स्थानमा पुगेको सुरक्षाकर्मी टोलीलाई जगत बहादुरले गोली प्रहार गरेपछि जबाफी कारबाहीमा उनलाई गोली लागेको हो। जगत बहादुरले प्रहरीतर्फ प्रहार गरेको गोली सुरक्षाकर्मी चढ्ने गाडीमा लागेको जनाइएको छ।

जबाफी कारबाहीमा सुरक्षाकर्मीले चलाएको गोली जगत बहादुरको खुट्टामा लागेको छ। गोली लागेर लडेका उनलाई तत्काल नियन्त्रणमा लिई अस्पतालमा लगिएको भारतीय सञ्चारमाध्यममा जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार