धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ 

धनगढी : कैलालीको धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।कैलालीको धनगढी उपमहानगरपालिका–३ व्यारेल नजिकबाट डडेल्धुराको अम्मरगढी नगरपालिका–७ बस्ने २५ वर्षीय प्रकाश भट्टराई लागूऔषधसहित पक्राउ परेका हुन्। भट्टराईलाई १ ग्राम २८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको छ।

यसैगरी धनगढी उपमहानगरपालिका–३ व्यारेल स्थित सुदूरपश्चिम प्रदेश ०१–०१२ प ६५५३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक सोही धनगढी उपमहानगरपालिका–७ मनेहरा बस्ने २९ वर्षीय संजित राना र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २८ वर्षीय सोभत राना पक्राउ परेका छन्। यी दुबै जनाको साथबाट ९ सय मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार