अत्तरिया : कञ्चनपुरको गड्डाचौकीबाट ‘स्वतन्त्रको एकता महाकाली मेची यात्रा’ सुरु भएको छ । ‘समृद्ध राष्ट्र निर्माणका लागि सङ्कल्प अभियान’ को आयोजनामा मंगलबार देखि महाकाली मेची यात्रा सुरु भएको हो ।
महाकाली मेची यात्राको सुदूरपश्चिम प्रदेश सांसद डा. तारा प्रसाद जोशीले शुभारम्भ गरेका थिए । उनले नेपालको राष्ट्रिय झण्डा अभियानका संयोजक प्रेम राज भट्टलाई हस्तान्तरण गरेर यात्रा सुरु भएको घोषणा गरे ।
यसअघि अभियानको धनगढीका मेयर गोपाल हमालले शुभारम्भ गर्ने कार्यक्रम भए पनि उनी एक्कासि भएको स्वास्थ्य समस्याका कारण अभियानमा सहभागी हुन नसकेको अभियानका सदस्य शेर बहादुर विष्टले बताए ।
अभियान अन्तरगत पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा कोष सभाको आयोजना गरेर २० गते मेची पुग्ने कार्यक्रम रहेको छ । अभियान २१ गते धरानमा पुगेर हर्क साम्पाङ मार्फत समापन गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्