बालेनले भने- महानगर प्रहरीको काम सिनेमा हेरे जस्तो लाग्छ

काठमाडौं : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगर प्रहरीको काम सिनेमा हेरे जस्तो लाग्ने गरेको बताएका छन् । ३३ औं महानगर प्रहरी दिवसको अवसरमा आज (शनिबार) काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सानोमा हलिउड फिल्म हेर्दा सिटी पुलिसले गरेको जस्तो काम अहिले काठमाडौँ महानगर प्रहरीले गरिरहेको बताए । फिल्ममा देखाइएको काम वास्तविक जीवनमा हुनु खुशीको कुरा भएको उनले बताएका छन् ।

उनले काठमाडौँ महानगरबाट धेरै पालिकाले काम गर्ने शैली सिक्न खोजेको पनि बताए । त्यसमा महानगर प्रहरीको ठूलो योगदान रहेको उनको भनाइ छ ।

काठमाडौँ महानगरपालिका भित्रका सार्वजनिक सम्पत्ति संरक्षण गर्ने, अतिक्रमण हटाउने, सुशासन, सुव्यवस्था र अनुगमन गर्ने काममा नगर प्रहरीको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।

शाहले भने, ‘धेरै पालिका छन्, धेरै ठाउँ छन् । काठमाडौँ महानगरपालिकाबाट केही सिक्न चाहन्छन् । जुन ठाउँहरूले काठमाडौँ महानगरपालिकाबाट केही सिक्न खोज्नु हुन्छ, त्यो सिकाइमा तपाईहरूको ठूलो योगदान छ ।

सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि लिएर काठमाडौँ महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने काममा तपाईँहरूको उल्लेखनीय योगदान रहेको छ । सानोमा रमाइलो याद आउँछ, हामी हलिउड फिल्म हेथ्र्यौ, पुराना फिल्म हेर्दा न्युयोर्क सिटी पुलिसको कारबाही हेर्दा लाग्थ्यो—काठमाडौँसहित देशका विभिन्न पालिकामा सिटी पुलिस कस्तो हुनुपर्छ भन्ने कुरा सिनेमामा मात्रै देखिन्थ्यो । अहिले तपाईहरूको काम हेर्दा कहिलेकाहीँ सिनेमा हेरे जस्तो लाग्छ । त्यो खुशीको कुरा हो ।’

काठमाडौँ महानगरपालिकालाई जसरी राजधानीको रूपमा चिनिन्छ, महानगर प्रहरी बल पनि काठमाडौँको पर्यायवाची पहिचानको रूपमा स्थापित भएको उनले बताए । उनले भने, ‘तपाईहरूले देखाउनु भएको कर्मनिष्ठ र योगदान अहिलेका तीन वर्षमा मात्रै नभई आगामी दिनमा पनि विभिन्न सिटी पुलिस तथा स्थानीय सरकारका लागि एउटा सिकाइको रूपमा रहनेछ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार