अत्तरिया : कैलालीको गोदावरीमा नदीमा डुबेर ४ बालबालिका बेपत्ता भएका छ्न ।
गोदावरी नगरपालिका – ९ सेहरीमा खुटिया नदीमा डुबेर ४ बालबालिका बेपत्ता भएका हुन ।
झोलुङ्गे पुल नजिकै नदीमा पौडी खेल्ने क्रममा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेब भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतीक चौधरी नदीमा बगेर बेपत्ता भएको ईलाका प्रहरी मालाखेतीका डीएसपी रण बहादुर चन्दले बताएका छ्न ।
बालकहरुको खोजी भैइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्