कैलालीमा नयाँ प्रजातिको कछुवा फेला

धनगढी : कैलालीमा नयाँ प्रजातिको कछुवा फेला परेको छ। खपटामा ताराजस्तै चिन्ह भएको इन्डियन स्टार कछुवा फेला परेको हो।

भारत, पाकिस्तान र श्रीलंकामा पाइने यो प्रजातिको कछुवा यसअघि नेपालमा अभिलेख भएको थिएन। भेटिएको कछुवा नेपालका लागि नयाँ प्रजाति इन्डियन स्टार कछुवा रहेको कछुवा तथा सरिसृप विशेषज्ञ प्राध्यापक करनबहादुर शाहले बताए। ‘यसअघि यो प्रजातिको कछुवा नेपालमा पाइएको अभिलेख छैन’ उनले थपे, ‘नेपालका लागि यो नयाँ प्रजाति हो।’ 

SHIKHAR COOL TECH

जानकी गाउँपालिका–६ स्थित कर्णाली नदीको तटीय क्षेत्रमा रहेको वनमा यो कछुवा भदौ ३ गते भेटिएको थियो। बाख्रा चराउने बालबालिकाले फेला पारेको कछुवालाई उद्धार गरेर सोही दिन प्राकृतिक बासस्थानमा छोडिएको संरक्षणकर्मी विजयराज श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार कैलाशेश्वर र जगतपुर सामुदायिक वन क्षेत्र आसपासमा कछुवा भेटिएको थियो। संयोगवस आफूसहित जगतपुरका दुई स्थानीय ओतको बासस्थान पत्ता लगाउन वनमा गएको बेला बालबालिकाले अनौथो किसिमको कछुवा भेटाएको देखेपछि उद्धार गरेर वनमै छाडेको श्रेष्ठले बताए। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइसिएन) को रातो सूचीमा रहेको इन्डियन स्टार कछुवा संवेदनशील प्रजाति मानिन्छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार